Latest From our Blog

बजारमा Urea नपाएर तनाबमा हुनु हुन्छ? एसरी बनाउन सकिन्छ गाजर घाँस बाट Urea जस्तै मल!

आज म एक वनस्पतिको बारेमा किसानहरु एवं सबैलाई केही कुरा भन्न गइरहेकोछु, यसबाट किसानहरुले सही उपयोग गरेर लाभ लिन सक्ने तथा गैह्र किसानहरुले यसबाट सतर्क भएर उचित व्यवस्थापन गरी सुरक्षित हुन सक्नेछन्।

कुनै बेला नेपालमा बदमास नं. १ झारको रुपमा चिनिएको यो वनस्पति स्वास्थ्यका दृष्टिले हानीकारक छ। छालाको संपर्कमा आउँदा शरीरमा डाबर निस्कने,चिलाउने गर्छ भने यसको हावाले दमका विरामीलाई नराम्रो असर गर्छ।

पशु चौपायलाई पनि यसले हानी गर्छ भनिन्छ। यति मात्र हैन यसले वनस्पति जगतलाई पनि सताउने गर्छ। भारतमा बालीनालीमा उम्रेर बाली सखाप गरेको पाइएकोछ र समस्याकै रुपमा रहेको पनि पाइएकोछ।यो झार एक डेढ मिटर सम्म अग्लो हुन्छ र मसिना सेता फूल फुल्दछ, जसमा प्रशस्त बीऊ हुन्छ। बीऊ हल्का हुने भएकोले हावाको माध्यमबाट जतासुकै प्रसारण हुन्छ।

वैज्ञानिक नाम पार्थेनियम हिस्टोरोफोरस (Parthenium Hysterophorus) भएको यो झार सन् १९५५-६० तिर भारतमा खाद्यसंकट भएको बेला अमेरिका,क्यानडा बाट गहुँ आयात गर्ने क्रममा भारतमा भित्रिएको र पछि फैलंदै नेपाल लगायत छिमेकी देशमा फैलिएको भनाई छ।

यस्तो खतरनाक वनस्पतिलाई उचित व्यवस्थापन गरेर वानस्पतिक विषादी,जैविक युरिया झोलमल, जैविक कम्पोष्ट बनाएर प्राँगारिक खेती गर्न सकिने कुरा विज्ञहरु बताउँछन्।यो झारमा प्रशस्त नाइट्रोजन हुने हुनाले यसको प्रयोग गरेर जैविक युरिया,जैविक कम्पोष्ट बनाउन सकिने भनिएकोछ।

वानस्पतिक विषादी बनाउँदा अन्य वनस्पतिसंग यसलाई पनि मिसाएर बनाउँदा अझ प्रभावकारी हुन्छ।

यो झारबाट जैविक युरिया बनाउने तीन तरिका छन्।
१- २ केजी गाजर घाँस मसिनो गरी काटेर २० लिटर पानीमा राख्ने र २० ग्राम फिट्किरीको धूलो राखेर राम्ररी चलाउने र १५ दिन सम्म राख्ने।
२-२० लिटर गहुँतमा २ केजी गाजर घाँस र २० ग्राम फिटकिरीको धूलो राखेर चलाउने र १५ दिन सम्म राख्ने।
३- २ केजी गाजर घाँस २० लिटर वेस्ट डिकम्पोजरमा राखेर चलाउने, २१ दिन सम्म राख्ने,दिनको १-२ पटक चलाउने

यसरी तयार भएको झोललाई राम्ररी छानेर राख्ने र १५ लिटरको स्प्रेयरमा प्रति टंकी २ लिटर जैविक युरिया राखेर बालीनालीमा छर्ने।

Contact:: कृष्ण मुरारी घिमिरे

9845066988 or 9840505828