Latest From our Blog
ट्राइकोडर्मा ढुसीबारे जानकारी र यसको प्रयोग!!
परिचयः
ट्राइकोडर्माहरू ढुसी हुन् । यिनका सबै जात प्रायः माटोमा पाइन्छन् र विभिन्न वासस्थानमा देखिन्छन् । यिनीहरू माटोबाट निकालेर प्रायः कल्चर गर्न सकिने ढुसी हुन् । केही उपजाति बिरूवाको जराको वरिपरि नै झुप्प भएर बस्ने, रोगका जीवाणुलाई खाएर वा कुनै तरिकाले कम गरी उत्पादन बढाउन सहयोग पु¥याउँछन् ।
तसर्थ यस्ता उपजातहरू माटोमा वा बीउमा कुनै तरिकाबाट मिलाइन्छ वा छरिन्छ । एकपटक यिनीहरू जराको सम्पर्कमा आएपछि झुप्पा बन्दछन् । यदि बीउ उपचारबाट यस्ता उपजातिहरू प्रयोग गरिएको छ भने तिनीहरू जराको एक मिटरको वरपरमा वा माटोको सतहभन्दा तलसम्म प्रयोग गरिएको १८ महिनासम्म उपयोगी संख्यामा नै पाइन्छन् तर कुनै–कुनै उपजातिमा यस्तो क्षमता हुँदैन ।
ट्राइकोडर्माको प्रयोगः
यी ढुसीहरू जहाँ पनि मिलेर बस्न सक्ने र आजकल व्यावसायिक रूपले पाइने यी ढुसीहरू तपसिलका विभिन्न प्रयोजनका लागि उपयोगी हुन्छन् ।
जीव नियन्त्रण गर्नः
ट्राइकोडर्मा ढुसीहरूलाई विभिन्न रोगका जीवाणुलाई नियन्त्रण गर्ने कार्यमा प्रयोग गरिन्छ । विभिन्न देशमा उत्पादित यी ढुसीहरू विशेषतः माटोबाट सर्ने रोगहरू नियन्त्रण गर्न प्रयोग हुन्छन् । जराको आसपासमा झुप्पामा रहने साथसाथै यिनीहरूले आक्रमण गर्ने, आश्रित हुने अथवा अरू ढुसीबाट पोषक तत्व लिने गर्दछन् । त्यसैले ट्राइकोडर्माका उपजाति राम्रोसँग बढ्ने र हुर्कने हुन्छन् ।
त्यहाँ प्रशस्त स्वस्थ जराको विकास हुने साथै अन्य ढुसीसँगको सम्पर्कका कारणले जरा एवं बिरूवा बढ्छ । दुवै जैविक नियन्त्रण र बिरूवाको विकास हुने भन्ने सम्बन्धी धेरै अनुसन्धानहरूले यो स्पष्ट पारिसकेका छन् । ट्राइकोडर्माले अन्य ढुसीसँग गर्ने क्रियाकलापहरू हालसम्म पत्ता लगाइएका निम्न प्रकारका छन् ः