Latest From our Blog
स्वस्थ धानको बीउ छानौं, उत्पादन बढाऔं!!
धानबालीमा धेरै किसिमका रोगहरु लाग्दछन् । ती मध्ये केही बीउबाट सर्दछन् । सवै किसिमका रोगहरु बीउको गुणस्तर र स्वास्थ्यमा असर पार्दछ । जसको कारण बीए रोगी हुन्छ । रोगी बीउ साधारणतया साना आकारका, विग्रिएका, चाउरिएका, दाग भएका र सेप्रा हुन्छन् । त्यस्ता बीए स्वस्थ बीए भन्दा तौलमा हलुका हुन्छन् । यदि हलुका बीउहरु छुट्याएर गह्रौं बीउलाई मात्र बीउको रुपमा प्रयोग गरेमा धानको उत्पादन र गुणस्तर बढ्छ ।
स्वस्थ धानको बीउ छान्ने विधि::
३ लिटर पानीमा लगभग ५०० देखि ६०० ग्राम नून एउटा बाल्टीनमा राम्ररी घोल्ने (मसिनो धानको लागि ५०० ग्राम र मोटा धानको लागि ६०० ग्राम) घोलिएको नून पानीमा एक केजी जति धान खन्याउने, एकैछिन् चलाउने र एक मिनेट जति बीउलाई तैरिन÷थिग्रिन दिने । तैरिएको बीउ र थिग्रिएको बीउलाई अलग अलग झिकेर छुट्टै राख्ने । उक्त नून पानीको घोलबाट ३ केजी बीउसम्म छान्न सकिन्छ । बीउको मात्रा धेरै वा थोरै भए सोही अनुरुप नून पानीको घोलको मात्रा बढाउन वा घटाउन सकिन्छ ।
थिग्रिएको बीएलाई सफा पानीले राम्ररी पखाली व्याड राख्ने वा छरुवा धान भए सिधै छर्ने । यसरी छानेको बीउलाई सोही दिन व्याड नराख्ने वा नछर्ने भए वीउलाइ पानीले पखाली छहारीमा राम्ररी सुकाएर राख्न सकिन्छ । तैरिएको बीउलाई पानीले पखालेर र सुकाएर अन्य प्रयोजनमा ल्याउन सकिन्छ ।