Latest From our Blog
काक्राे तिताे किन हुन्छ?? एस्तो पो रहेछ कारणहरु! share गर्न नभुल्नु होला नि!
कुकुरबिट परिवार अन्तर्गत पर्ने काक्रो मा एक प्रकारको तत्व पाईन्छ जसको कारण काक्रो तितो हुने गर्दछ | सो तत्व हो (cucurbitacins ) कुकुरबिटासिन्स | यो तत्व कसैको पात तथा कसैको काण्डमा त कसैको फलको भेटनुमा बढी हुने गर्दछ | प्राय काक्रो मा यो तत्व बढी हुदा फल नै तितो हुने गर्दछ|
किन तितोपना बढ्छ त ?
अत्याधिक ताप : गर्मि मौसममा ताप बढ्ने हुदा तापीय असर ले काक्रो मा तितोपना बढ्छ |
अनियमित पानीको मात्रा : लामो समय सम्म खडेरी हुनु र त्यसपछि अत्याधिक बर्षात हुदा पानीको अनियमिता हुने हुन्छ यो कारण ले पनि तितोपना बढने गर्दछ |
तापक्रम को अनिमियता : कहिले एकदम तापक्रम बढी ताप बढी हुने र कहिले चिसो हुने हुदा पनि काक्रोको तितोपानी बढ्छ |
खाद्यतात्वको कमि : काक्रा लाई प्रसस्थ प्रांगारिक प्रदार्थको आब्यस्यक्त पर्दछ | येदि माटोमा खाद्यतात्व अपुग हुन जादा समेत काक्रो बालीको उत्पादन र तितोपना बढ्ने गर्दछ |
हेरेडिटी : बंशानुगत गत रुपमा पनि कुनै कुनै जातको काक्राहरुमा तितोपनि बढी हुने गर्दछ |
स्वास्थ्यमा असर गर्छ कि गर्दैन??
कुकुरबिटासिन्स बढी हुदा स्वास्थ्यमा असर गर्न सक्दछ तसर्थ यसको कम मात्रा प्रयोग गर्नु पर्ने हुन्छ |
कसरी नियन्त्रण गर्ने त?
१. नियमित सिंचाई सकेसम्म थोपा सिंचाई
२. मल्चिंग वा छापो
३. तापक्रम कम गर्ने संयत्र सहित को हरित गृह वा प्लास्टिक घरको को निर्माण गर्दा उपयुक्त हुन्छ |
३. टिपिसकेको काक्रा लाई room temperature ( २० देखि २५ डिग्री ) मा राखेर भण्डारण गर्नु होला |
खान योग्य काक्रोमा कसरि हटाउने तितोपना :
प्राय काक्राको फेद वा भेट्नु तिर अलि बढी हरियोपन हुन्छ जहाँ तितोपना बढी हुन्छ | यस पट्टिको करिब आधा इन्च भाग लाई काट्ने , तेही काटेको टुक्रा ले १ देखि २ मिनट सम्म रघ्दने जब रघद्दा गाज यानी फिज आउने गर्छ तो क्रम नरोकिनु जेल सम्म रघ्दने , आउन छोडे पछि रघ्दना छोड्ने अनि खाने |